सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो। सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन्।
आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने सत्तारुढ नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले जानकारी दिए। आज बैठक मन्त्रिपरिषद् विस्तारमा केन्द्रित हुन्छु खड्काले भने सरकार गठनपछि राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ। उनका अनुसार आज बैठक बसेर केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस महामन्त्री खड्काबीच भएको छलफलपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ।
सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार गर्ने तयारी Reviewed by sptv nepal on August 30, 2021 Rating: 5

No comments:


Recent in tips