अमला चौरका युवाहरुको उदाहरणीय काम १लाख ३० हजरको खाद्यन्न बितरण

पर्वत,कोरोना महामारीले बिश्वकैे अर्थतन्त्र चौपट परिरहेको बेला हात मूख जोड्न,समस्यामा परेका बागलुङ नगरपालिका वाड नम्बर १२ अमलाचौरका गरिब तथा बिपन्न माझी बस्तीका ६२ घर परिवारलाइ युवाहरूले खाद्यान्न वितरण गरेका छन ।
देश तथा बिदेशमा रहेका युवाहरुबाट नगद संकलन गरि भोकले कोही पनि मर्न नपरोस भनि खाजा खर्च बचाएर बिदेशी भुमिमा पसिना बगाएरै गाउमा भोकै रहेका बृद्दा बुवाआमाको एक छाक भए पनि ढूक्क सँग टार्न सकियोस भनेर गाउँ टोलका दीन दूखिलाइ सहयोग पुगोस भनि सबिन पाठकको संयोजकत्वमा देशमा पनि यूवा छन् भन्ने अनूभूति गराउनको लागि गाउँका दाजुभाइलाइ सहयोग गर्न पहल गरेरै भए पनि खाद्यन्न बितरण गरेको सामाजिक अभियन्ता सबिन पाठकले बताए। गाउ,टोलमा रहेका बिपन्न परिवारहरूलाई कोरोनाको महामारीका कारण दैनिक ज्याला मज्दूरी गर्न ठप्प भए पछि जीविका निर्वाह गर्न कठिन भएको भन्दै सहयोग संकलन गरि खाद्यान वितरण गरिएको राज पाठकले जानकारी दिएका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि स्थानिय प्रदेश तथा केन्द्र सरकारले नै निषेधाज्ञा जारी गरेको छ। उक्त्त कारण मध्यम तथा बिपन्न परिबारलाइ दैनिकी चलाउन समस्या परेको छ। उक्त्त खाद्यन्न बितरण कार्यक्रममा सबिन पाठक, राज पाठक, सिव पाठक,सागर पाठक, हिमाल परियार बिक्रम हमाल, अरुण आचार्य लगायतले ६ दिन सम्म कोहि पनि नछूटुन् भनि युवाहरु घर घर पूगि एक लाख,तीस हजार बराबरको सामाग्री हस्तान्त्रण गरियको हो।
अमला चौरका युवाहरुको उदाहरणीय काम १लाख ३० हजरको खाद्यन्न बितरण अमला चौरका युवाहरुको उदाहरणीय काम १लाख ३० हजरको खाद्यन्न बितरण Reviewed by sptv nepal on June 06, 2021 Rating: 5

No comments:


Recent in tips