जलजलाका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु,थप ७ जनामा संक्रमण पुष्टि

बैशाख २२,पर्वत ।पर्वतमा कोरोना संक्रमणबाट एक जना बृद्धको उपचारका क्रममा निधन भएको छ ।
पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ का ८४ बर्षिय बृद्धको मंगलबार राती मृत्यु भएको हो । बृद्धको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मंगलबार राती मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । बृद्धमा २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै पर्वतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसैबिच पर्वतमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कुस्मा नगरपालिकामा र जलजला गाउँपालिकामा ३÷३ जना र फलेसबा नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।कोरोना संक्रमण पुष्टि हुनेमा कुस्मा नगरपालिका १ का ५६ र २५ बर्षिय पुरुष, वडा नं ५ का ६९ बर्षिय पुरुष, जलजला गाउँपालिका वडा नं ३ की ५९ बर्षिया महिला र वडा नं ७ का २२ र ४२ बर्षिया महिला तथा फलेबास नगरपालिका वडा नं १० की ३४ बर्षिया महिला छन ।
जलजलाका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु,थप ७ जनामा संक्रमण पुष्टि जलजलाका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु,थप ७ जनामा संक्रमण पुष्टि Reviewed by sptv nepal on May 05, 2021 Rating: 5

No comments:


Recent in tips