साझा, स्वतन्त्र र समाबेशी उम्मेदवार गोपी अधिकारीको प्यानलबाट २३ जनाले गरे मनोनयन दर्ता

पर्वत, चैत ३ । आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि साझा, स्वतन्त्र र समाबेशी उम्मेदवार गोपी अधिकारीको प्यानलबाट नयाँ कार्यसमितिको लागि २३ जनाले मनोनयन दर्ता गराएका छन् ।
अधिकारीको प्यानलले मंगलबार १७ औं अधिवेशन निर्वाचन समितिको निर्देशन अनुसार आफनो टोलीको उम्मेदवारीको मनोनयन दर्ता गरेका हुन् ।जसमा महिला सदस्य माया गिरी र देबि अधिकारी तथा सदस्य पदका उम्मेद्धारहरुमा ठाकुर वि. पौडेल, कमलबहादुर जि.सी.,गणेश लामिछाने, रमेश शर्मा लामिछाने,राजन गुरुङ्ग, कृष्णप्रसाद रेग्मी, शेरबहादुर चोचाङ्गी पुन मगर, नारायण पौडेल, मिनप्रसाद शर्मा, दिपक अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, प्रदिप तिमिल्सिना, दुर्गा प्रसाद शर्मा सरोज, रमेश पौडेल, नारायण बहादुर केसि, विश्वराज श्रेष्ठ ,थानेश्वर पौडेल, कमल लामिछाने, रफदिन मिया ( राहुल ) र गणेशकुमार श्रेष्ठ रहेका छन् । संघको अध्यक्ष सहित २२ सदस्यका लागि आगामी चैत ७ गते निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयका अनुसार संघका २२ सय ९३ जना मतदाता रहेको बताईएको छ ।
साझा, स्वतन्त्र र समाबेशी उम्मेदवार गोपी अधिकारीको प्यानलबाट २३ जनाले गरे मनोनयन दर्ता साझा, स्वतन्त्र र समाबेशी उम्मेदवार गोपी अधिकारीको प्यानलबाट २३ जनाले गरे मनोनयन दर्ता Reviewed by sptv nepal on March 16, 2021 Rating: 5

No comments:


Recent in tips