राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था , नेष्डाे नेपालकाे २६ अाै वार्षिक साधारणसभा २०७७ बाट
पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै पर्बत जिल्लाका कृयाशील पत्रकारहरु अभिन्युज टेलिभिजन पर्बतका सम्बादाता महेन्द्र जि:सी ,रासस पर्बतका सम्बादाता तथा रेडियो पन्चासेका लक्षण सापकोटा , धौलागिरी मिडिया प्रालिका प्रधान सम्पादक बिष्णु गौतम ,कान्तिपुर टेलिभिजन पर्बतका सम्बादाता तथा रेडि्यो सालिग्रामका रामकृष्ण लामिछाने ,
सबैको कुरा अन्लाइका ठाकुर रसाइली ,रेडियो पन्चासेका यम परियार सिबलाई नगद सहित सम्मान गरिएको छ।उक्त कार्यक्रममा सम्मान गर्दै नेष्टो नेपालका संस्थापक अध्यक्ष बिश्व प्रकाश प्रसाइले पत्रकार समाजको हरेक क्षेत्रमा पुगेर सत्यतथ्य समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिदै पत्रकारहरुलाइ प्रोत्साहन गर्नु पर्ने बताए ।
सम्मानित हुनेहरुमा जिल्ला प्रसांसन कार्यालय पर्बत,जिल्ला प्रहरी कार्यालय पर्बत ,जिल्ला ट्राफिक कार्यालय पर्वत,कृषि ज्ञान केन्द्र पर्वत,फलेवास नगरपालिका,जलजला गाउँपालिका,नेष्डोमा आवद्ध विभिन्न शाखा तथा सहयोगी संस्थालाई सम्मान गरिएको छ।
विस २०५२ सालमा स्थापना भई यो संस्थाले नेपालका १७ जिल्लामा शाखा स्थापन गर्दै गरिवी बिरुद्धको लडाईलाई कायम राखेको छ । नेष्डो नेपालका अध्यक्ष रत्नप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन आजीवन सदस्य ईश्वरी प्रसाद शर्माले गर्नुभएको थियो ।
नेष्टो नेपाल द्वारा ६ जना पत्रकार सहित समाज सेवी सम्मान
Reviewed by sptv nepal
on
March 09, 2021
Rating:
Reviewed by sptv nepal
on
March 09, 2021
Rating:

No comments:
Post a Comment