धौलागिरी बहुउद्देश्य महिला बिकास समितिको स्नेह मिलन कार्यक्रम चित्रेमा

पर्वत फागुन २९ धौलागिरी बहुउद्देश्य महिला बिकास समितिको नारी दिवसको उपलक्ष्यमा नारी सम्मान तथा स्नेह मिलन कार्यक्रम मोदि गाउपालिका ८ चित्रेमा सम्पन्न भएको छ।
महिलाहरुको अग्रतामा मोदि गाउपालिका ८ चित्रेमा सञ्चालित चित्रे ग्रामीण पर्यटन होम स्टे महिलाहरुले नै सन्चालन गरेको भन्दै प्रबर्द्धन गर्ने उद्देश्यका साथ माहिला दिदी बहिनीहरुले आत्मबाट नै केही गर्न सकिने हिम्मत जुटाउन यस होम स्टे बाट उदाहरण लिन सकिने भन्दै प्रोत्साहन गर्न होम स्टेका अध्यक्ष तथा सामाजिक ब्याक्ती प्र. शुशिला गुरुङलाई सम्मान गर्नको लागि कार्यक्रम आयोजना गरिएको समुहले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथी सरस्वती शर्मा जिज्ञासुले अहिलेको परिस्थितिमा महिला दिदिबहिनीहरुले आत्म निर्भर भएर पुरुषहरुको दबाबमा नपर्न र सधै घरमा मात्र रहेर चुलो चौकोमा मात्र सिमित हुनु नहुने भन्दै महिलाहरु पुरुषसरह काम गर्न सक्ने बताउनु भयो। उक्त कार्यक्रममा चित्रे पर्यटन होम स्टेका संयोजक तथा पन्चकोशी प्राबिका शिक्षक मधु सुधन अधिकारीले महिला दिदीबहिनीहरुले उदाहरणिय काम गरेको भन्दै अझै पनि समाज परिवर्तनका लागि महिला दिदीबहिनिहरु सशक्त भएर अगाडि बड्नु पर्नेमा जोड दिदै होम स्टेलाइ प्रबर्द्धन गर्ने उदेश्य प्रती धन्यवाद समेत व्यक्त गर्नु भयो। कार्यक्रममा इनरह्वल क्लबका अध्यक्ष अनिता सापकोटा, महिला अगुवा इन्दिरा शर्मा, साहित्यकार गिता अधिकारी , लगएत बोल्नु भएको थियो। उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सरस्वती श्रेष्ठ पाण्डेले गर्नु भएको थियो भने सीता शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिपा शर्माले गर्नु भएको थियो।
धौलागिरी बहुउद्देश्य महिला बिकास समितिको स्नेह मिलन कार्यक्रम चित्रेमा धौलागिरी बहुउद्देश्य महिला बिकास समितिको स्नेह मिलन कार्यक्रम चित्रेमा Reviewed by sptv nepal on March 13, 2021 Rating: 5

No comments:


Recent in tips